दफा १६
नियुक्ति गर्ने अधिकारमा सस्पेण्ड र बर्खास्त गर्ने अधिकार समेत सामेल हुने बारेः
कुनै नेपाल ऐनले कसैलाई नियुक्ति गर्ने अधिकार दिएकोमा अर्कै अभिप्राय नदेखिएमा सो बखत नियुक्ति गर्ने अख्तियार पाएका अधिकारीले आफूले वा त्यस्तो अख्तियार पाएको अरूले नियुक्ति गरेको मानिसलाई सस्पेण्ड वा बर्खास्त गर्न पाउँछ ।